0 COMMENTS

प्रतिभा भट्टराइ २०चैत, भगवान श्री रामका अनन्य भक्त अञ्जनी पुत्र हनुमान लाई देवाधिदेव महादेवको ११ अंश मानिन्छ। माता अञ्जनी को भक्ति देखि प्रसन्न भएर वर माग्न भन्दा उनले भोले नाथ लाई नै आफ्नो पुत्रको रूपमा प्राप्त गर्न पाऊँ भन्ने वर मागेकी थिइन्। जून पूरा गर्नु, विष्णुको राम अवतार भएका बेला भक्ति गर्नु तथा सघाउनु अनि माता पार्वतीको श्राप कट्टा गर्नु लगायत अन्य विभिन्न काम हरु पूरा गर्नु भोले बाबा को उदेश्य थियो।

पौराणिक कथाका अनुसार, लक्ष्मी नारायण वैकुण्ठ मा अनि ब्रह्मा सरस्वती ब्रहमलोकमा बैभवका साथ बसेको अनि आफूलाई चाहिँ चिसो हिमालय पर्वतमा बस्नु परेकोले आफूहरुको लागि पनि एउटा त्यस्तै महल बनाउनको लागि शंकर लाई अनुरोध गर्नु भएछ अनि भोले नाथ ले पनि कुबेर र विश्वकर्मा लाई बोलाएर आफ्नो लागि सम्पन्न शाली सुनै सुनको महल बनाउन अर्हाउनु भएछ। अनि महल तयार भइसके पछि गृह प्रवेश को लागि आफ्ना पुरोहित ऋषि विश्रवा लाई बोलाएर पूजा सम्पन्न गरिसके पछी गुरु दक्षिणा को लागि , जे इच्छा छ त्यही माग्न भन्दा ऋषिले सदा सर्वदा हजुरको चरणमा भक्ति गर्न सकुँ ,भनेर मागेछन तर उनीसँगै गएकी उनकी राक्षसी पत्नी कैकसी ले भने माग्न पाएको बेलामा केही नमाग्ने हो ?यही महल माग्नु पर्छ नी भनेर उक्साईछन र त्यही कुरामा ढिपी गर्न थालीछन् तर डरले लगलग कामेका ऋषि यो धृष्टता गर्न चाहँदैनथे। भने यो कुराकानी सँगै बसेर सुनेका नारद जी ले माता पार्वती लाई सबै वृत्तान्त सुनाइसकेका थिए।

यसरी लगातार गरिएको ढिपी र घुर्की का कारण ऋषिले बाध्य भएर यो दुस्साहस गर्नु परेको थियो। ऋषिले आफ्नो दक्षिणा मा युक्त महल नै मागे पछि भोले बाबा ले खुसी हुँदै सो महल दान दिनु भएको थियो तर आफूले रहर गरेर बनाएको भन्ने जान्दा जान्दै पनि माग्ने हिम्मत गरेकोमा रिसले आगो हुँदै माता पार्वती ले तुरुन्तै ऋषिलाई, “जस्को निम्ति भनेर यो महल मागिएको थियो उस्ले पनि यसको भोग गर्न पाउने छैन “भन्ने श्राप दिनुभएको थियो। जून श्राप मोक्ष गर्नको लागि भगवान शिव लाई नै धर्तीमा आउनु परेको थियो भने उक्त दानमा पाएको महल बिश्रवा ऋषि की पत्नीले आफ्नो प्रिय जेष्ठ पुत्र रावणलाई दिएकी थिइन्।

यसरी आफ्नो वरदान र पार्वतीको श्राप कटाउन, हनुमानको रूपमा सत्य युगमा अवतरित भोले नाथले राम वनबास गएका बेला सँगै गएकी सीताको हरण गरी भगवान रामको हातबाट मर्ने र मोक्ष प्राप्त गर्ने रावणको इच्छा पूरा गर्ने काममा र सीताको पत्ता लगाई रामलाई सहयोग गर्ने निहुँमा सुनै सुनले बनेको लंका जलाई खरानी बनाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।