0 COMMENTS

कोरोना भाइरसको महामारीबाट आज विश्व त्रस्त भएको छ । विश्वका अधिकांश मुलुकमा यो घातक प्रवेश गरेको छ । दैनिक हजारौं मानिसले ज्यान गुमाइरहेका छन् ।
नेपालमा पनि कोरोनाको संक्रमण देखिएको छ । भगवान पशुपतिनाथको कृपा नेपालमा सदैब रहोस्  यस्तो विषम परिस्थितिमा कठित सरकारले सात दिन लकडाउने गर्ने निर्णय सोमबार पूरा हुँदैछ । थप सात दिनका लागि कठित सरकारले लक डाउन लम्ब्याएको छ । संक्रमणबाट जोगिने यो उपाय विश्वव्यापी रुपमा अपनाइएको छ ।
विज्ञहरुले सामाजिक दूरी कायम गर्न, कोही पनि व्यक्ति, वस्तु छोएपछि साबु पानीले हात धुने, भिडभाडमा जाँदा मास्क लगाउन सुझाव दिएका छन् । यस्ता विधिहरु पालना गर्न हामी सम्पूर्णमा आग्रह गर्दछौं ।

यो सात दिने लकडाउनमा आधारभूत वर्गका मानिसहरुको जीवनयापनमा परेको प्रभावको शिव सेना नेपालले शुक्ष्म अध्ययन गरिरहेको छ । पाँच महिने नाकाबन्दी र भूकम्पको समयमा शिव सेनाले दैनिक हजारौं सहयोगापेक्षी नागरिकहरुलाई निःशुल्क भोजनको प्रबन्ध गरेको स्मरण गराउन चाहन्छौं ।  अहिलेको विषम परिस्थितिमा पनि शिव सेना नेपाल कुनै पनि प्रकारको सहयोगकालागि मैदानमा खटिन तयार छ । नेपालका कोही पनि नागरिक खाना खान नै समस्या हुने गरी समस्यामा पर्ने देखिएमा शिव सेना नेपालले तुरुन्तै आवश्यक एक्सन लिनेछ ।  अहिले भारतमा रोजगारीमा गएका नेपालीहरु कोरोना सन्त्रासपछि नेपाल फर्किन सीमासम्म आइपुगेको तर सीमा बन्दका कारण नेपाल प्रवेश गर्न नपाएको खबरहरु पनि सार्वजनिक भएका छन् । नेपालमा प्रवेश गर्न चाहने नेपाली नागरिकलाई विना भेदभाव नियमानुसार तुरुन्त नेपाल प्रवेश दिइनु पर्छ भन्ने शिव सेना नेपालको धारणा छ ।

चीनसँग खरिद गरिएको औषधिजन्य वस्तु खरिदमा सरकारी गिरोहले ७६ करोड रुपैयाँ कमिसन खाएको विषय बाहिरिएको छ । १ अर्ब २५ करोडको सामाग्री किन्दा आधाभन्दा बढी रकम सरकारी गिरोहले कुम्ल्याएको यो विषय निन्दनीय छ । गणतन्त्रको आडमा, मुलुकले संकट व्यहोरेको बेलामा जिम्मेवार भनाउदा ब्याक्ती वा गिरोहले यो कार्य गरेकोमा हामी कडा शब्दमा निन्दा गर्दछौं । यो घटनाले वर्तमान सरकार भनाउदा र व्यवस्थामा मानवता रहँदैन भन्ने स्पष्ट भएको छ ।  यहिबेला निजी अस्पतालहरुले पनि ज्वरो आएका बिरामीको उपचार गर्न छाडेको खबरहरु सार्वजनिक भइरहेको छ । उपचार पाउने हरेक नागरिकको अधिकार हो । बिरामीको उपचार गर्नु अस्पतालको कर्तव्य हो । यो कर्तव्यबाट विमुख भएर कोही पनि बस्न हुँदैन भन्ने शिव सेना ठान्दछ । निजी अस्पतालले यो संकटको घडीमा बिरामीको गोजी मात्रै परीक्षण गर्नु ठीक होइन । यो सम्बन्धमा सरकार भनाउदाले पनि ठोस पहल गरोस् ।

हामी यो परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई एक अर्को मा सहयोगी भावना राख्न अनुरोध गर्दैछौं । हालको लक डाउनका कारण उत्पन्न परिस्थितिमा कोही पनि नागरिकले भोकै बस्नु पर्ने अवस्था नआओस भन्ने हाम्रो मत छ । स्वास्थ्यकर्मी , संचारमाध्यम , सुरक्षाकर्मी , सेवाग्राही को महत्त्वपूर्ण भुमिका भएकोले आफैं पनि सुरक्षित रहदै सेवा नै धर्म हो मानवता हाम्रो पहिचान हो भन्ने भावना का साथ कर्म गर्नु हुन्छ भन्ने हाम्रो बिश्वास हो।
…………………..
अनिल बाबा बस्नेत
अध्यक्ष
शिव सेना नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।