0 COMMENTS

भनिन्छ,”मानिसको लागि सबैभन्दा कठिन परीक्षा भनेकै उस्को लागि आउने उचित समयको प्रतीक्षा मा गरिने धैर्यता हो।”आज केही महिना मात्रको समयावधिमा विश्व नै स्तब्ध पार्ने गरी फैलिएको सुक्ष्म अनि अदृश्य तर शक्तिशाली वस्तु ले संसार लाई नै त्रसित बनाएर सम्पूर्ण मानव जगतलाई कठिन परीक्षा मा जबर्जस्ती बस्नु पर्ने बाध्यता सिर्जना गरेको छ। परीक्षा भन्ने शब्द सँग प्रायः धेर थोर डर सबैलाई लाग्ने भए पनि डराउँदै र सावधानी अपनाउदै यो परीक्षा मा बसेका मध्ये धेरैले सारीरिक सबलता र साहसका साथ सफलता हासिल गरिसकेका छन् भने कतिले आफ्नो शारीरिक असक्षमता का कारण परीक्षा उतिर्ण गर्न नसकी अनाहकमा अमूल्य ज्यान गुमाइसकेको छन् त केहीले आफ्नो आत्मबल कमजोर हुँदा यो परीक्षा नै नदिई छोडेर भागेका पनि छन्। सुन्नमा आए अनुसार केहीको ज्यान रोगबाट भन्दा पनि डराएका कारण हार्टअट्याक बाट हुन पुगेको छ।

कुनै पनि व्यक्ति आफ्नो इच्छाले जन्मेको नभए पनि इच्छाले मर्न भने चाहँदैन उसका बाँचेर पूरा गर्नु पर्ने रहरहरु असीमित हुन्छन् तर जसरी कुनै व्यक्तिले निर्माण गरेका वस्तुहरूको अपनाउने तरिका, सावधानी तथा लाभ हानि बारे बताइएको हुन्छ त्यसैगरी मानव जगत सृष्टि गर्ने अदृश्य शक्ति बाट पनि मानिसले गर्न हुने र नहुने कुरा हरु बताइएका भए पनि उचित ज्ञानको अभाव, नयाँ कुरा जान्ने इच्छा, आफूसँग भएको शक्ति को दुरुपयोग तथा केही नहुन्जेल सुख,सम्पति र इच्छा पूर्तिका लागि गरिने लापर्बाहीका कारण समय समयमा आउने यी र यस्ता दुर्घटना तथा महामारीको शिकार हुन पुगी धेरैले अनमोल जीवन गुमाउन पुग्छन जुन, समाचार सुन्नेेका लागि केही क्षणको दिक्दारी भए पनि सम्बन्धित व्यक्तिको लागि भने उस्को जीवन रहुन्जेल पूरा गर्न नसकिने क्षति हो।

समय ले आज बाटोमा देखिएको चहलपहलमा लाग्ने गरेको खुसीलाई हैरानी मा परिणत गरिदिए को छ। आफ्ना साना_ ठूला कामहरू रोकिएर ब्यहोर्नु परेको पीडाको तीतोअनुभव सबै सँग छ अनि घर, राष्ट्र र विश्व बचाउने समस्याले सरोकारवाला हरुलाई पिरोलेको छ। कहिलेकाहीं प्रकृतिबाट सिर्जित प्रकोपहरु एउटा ठाउँ विशेष का मानिसहरूले भोग्दै र पाठ सिक्दै आएका हामी त्यसको असर सकिए पछि मिलेको पाठ बिर्सने भएका छौं। गरिएको विकास, सम्पन्नता र दक्ष जनशक्ति ले पनि अपुग भएको छ भने भएको ज्ञान,सम्पति तथा शक्ति र आफन्त हरुले काम दिन्छन वा दिँदैनन् भन्न सकिने अवस्था छैन विभिन्न समयमा आएका यस्ता घटना हरु बारे पढ्दा र भोग्नु पर्दा को फरक सबैले अनुभव गर्नु परेको छ। विज्ञानको चमत्कारले सानो भएको विश्व बाट मिलेका अपार फाइदा हरु भित्रको खराबी यो महामारीको फैलावट हुन पुगेको छ।
तर जुनसुकै महामारी वा प्रकोप हरु पनि त्यसको असर रहे सम्म अत्यन्त दुखदायी हुने अनि समस्या देखा परे पछि समाधान को बाटो पनि भेटिने विश्वासका साथ यसको रोकथाम र उपचार विधि को खोजीमा लागेका विशेषज्ञ हरुको प्रयास सफल नहुन्जेल सम्म को घडी लाई कठिन परीक्षा सम्झेर यसका नियमहरू पालन गर्दै आत्मविश्वास का साथ अदृश्य शक्ति को प्रार्थना गर्नु सिवाय हामी सँग अर्को उपाय छैन। यो विषम परिस्थिति देख्दा संसार र मानव जगत सुरुवात गर्ने लाई पनि त आफ्नो सृष्टि मासिएकोमा पीडा महसुस भएको होला। त्यसैले त आशा गरौं यो महामारीको अन्त्य भएको वा समाधान पत्ता लागेको समाचार सुन्न आतुर विश्वलाई खुसीको खबर कुनै दिन, कसैले पक्कैसुनाउनेछ तर त्यो रूप फोटोमा वा मूर्तिमा देखिएको जस्तो हुनुपर्छ भन्ने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।