0 COMMENTS

कपिलवस्तु२१म‌सीर०७६ । पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवस्तु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्वस्थल पुगेका थिए। आफैं गाडी चलाएर उनी गोरुसिंगे हुँदै महोत्सव आएका हुन्।

महोत्सव स्थलमा करिब १० मिनेट बिताएका थिए। उनलाई महोत्सवका बिषयमा आयोजक संस्था बाणगंगा बेयफेष्यर सोसाईटीका अध्यक्ष राज कुमार खाडले जानकारी गराएका थिए। महोत्सवको अवलोनका गर्न ज्ञानेन्द्र आउनेबारे प्रचार प्रसार गरिएपछि दिउँसो एक बजेदेखि नै महोत्सवस्थल अघि जिल्लाबासीको ठुलो भीड लागेको थियो। सुरुमा २ बजे आउने जनाईको थियो। त्यही बाटो भएर दिउँसो ३ बजेतिर गए पनि त्यहाँ नरोकी सिधै गोरुसिंगेको पशुपति मन्दिरमा पुगको थिए। त्यहाँबाट फर्किएपछि ज्ञानेन्द्र महोत्सवमा गएका थिए।

उनी महोत्सवको अवलोकन गरेपछि रौनक थपिएको आयोजक संस्थाका सचिव दिनेश क्षेत्रीले बताए। आफुहरुलार्इृ पुर्वराजा ज्ञानेन्द्रले महोत्सवको सफलताको शुभकामना दिएको क्षेत्रीले बताए। ‘त्यही बाटो भएर जाँदा महोत्सवमा नपसी सिर्धै गोरुसिंगे जाँदा जनता निराश भएका थिए। तरपछि छोटो सयमका लागि महोत्सवमा आए पनि जनता उत्साही भएका थिए’ उनले भने। यो खबर आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।