0 COMMENTS

काठमाडाैँ२६जेष्ठ । वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइँदै छ ।राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरूको उपस्थितिमा देखाइने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु¥याएको थियो ।

सोमबार मच्छिन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पु¥याएपछि ‘यास्न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो ।

रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मच्छिन्द्रनाथको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइन्छ ।

भूकम्पले ध्वस्त बनेको मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मच्छिन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा प¥याएपछि यस वर्षको मच्छिन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।

बौद्धहरूले करुणमयका रूपमा मान्ने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ ।

उपत्यकामा सार्वजनिक बिदा

भोटोजात्राकै अवसरमा सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिने भएको छ । आइतबार अर्थात् जेठ २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक विज्ञप्तिमा जारी गर्दै उपत्यकाभित्र मात्रै विदा दिइएको जनाएका छन् । मच्छिन्द्रनाथको रथलाई कीर्तिपुर, सतुंगल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी हुँदै रथ जावलाखेल पुर्‍याइएको छ । त्यही आजा राष्ट्रप्रमुखद्वारा भोटो देखाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।