0 COMMENTS

काठमाडौं, चैत ८/ लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ ।नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय गर्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई निर्देशन दिएको छ ।

बचत खाताको हकमा भने तीन वर्षसम्म कारोबार नगरे निष्क्रिय हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उसको एकीकृत निर्देशिका २०७५ का केही प्रावधान संशोधन गर्दै बिहीबार यस्तो निर्देशन दिएको हो । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।