0 COMMENTS

वि.सं. २०७५ चैत्र ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च २२ तारिख, चैत्र कृष्ण द्वितीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, बृद्धि योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : जल दिवस, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने, भोलिको चाडपर्व र उत्सव : नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, भोलिको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने,

आजका लागि अशुभ समय :
राहु काल : दिउँसो १०:४१ देखि १२:१२ सम्म, यमघण्ट : दिउँसो ०३:१३ देखि ०४:४४ सम्म, गुलिक काल : बिहान ०७:४० देखि ०९:१० सम्म, रोग वारवेला : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : दिउँसो १२:१२ देखि ०१:४३ सम्म, अमृत वारवेला : बिहान ०९:१० देखि १०:४१ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । प्रेमी÷प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।

शुभरङ्ग : हलुका सेतो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भगवान् शङ्कर अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । तिनका भौतिक, बौद्धिक र शैक्षिक समस्यालाई निराकरण गर्ने प्रयास गर्नुपर्छ । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनमा नैराश्यता बढ्ने सङ्केत छ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने के नगर्ने : बुद्धिको दुरुपयोग

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चौथो चन्द्रमाले मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । कमजोरीलाई सुधार गरी आगामी कार्य प्रगतितर्फ लम्कने अवसर आउने छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ ।

शुभरङ्ग : रातो वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : भगवती दुर्गा अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने के नगर्ने :घरपरिवारका कुरामा बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

शुभरङ्ग : गाढा नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण के नगर्ने : घमण्ड

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउने छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता पाइने छ । सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण समेत बन्नेछ ।

शुभरङ्ग : घिउ रङ शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने के नगर्ने : अनावश्यक खानपान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : सिन्दूरे रातो शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने के नगर्ने : हडबड र शीघ्रता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज बाह्रौं चन्द्रमा भए पनि अन्य ग्रहको शुभ प्रभाव भएकाले खासै नराम्रो दिन छैन । तर सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना बनेको छ, सचेत हुनुहोला । दानपुण्य र परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ, सार्वजनिक हीत र परोपकार क्षेत्रमा गरेका लगानीको शुभ परिणाम प्राप्त हुनेछ । रोकिएको आर्थिक कारोबारले गति लिनेछ । विदेशयात्राको काम थाल्न आजको दिन अनुकूल हुनेछ । परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । मानसिक एवं बौद्धिक दबाब सिर्जना हुनसक्छ । घरिघरि मन अशान्त बन्नसक्छ, सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । तर नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुन्छ ।

शुभरङ्ग : सेतो वा बैैजनी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : धर्मराज अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दान, धर्म, परोपकार के नगर्ने : रिसराग, उद्वेग र क्रोध

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मबल बढ्ने छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिंदैन ।

शुभरङ्ग : कालो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । समय मध्यम फलदायी छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँग सतर्क भएर व्यवहार गर्नु राम्रो हो । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय व्यतीत हुनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । झिनामसिना घरायसी तथा श्रममूलक काममा समय व्यतीत हुनेछ । नयाँ काम वा व्यवसायका बारेमा अवधारणा उत्पन्न भए पनि कार्यान्वयन पक्षमा कमजोरी देखिने छ । पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ ।

शुभरङ्ग : ध्वाँसे शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : महालक्ष्मी अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने के नगर्ने : लोभ र मोह

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।

शुभरङ्ग : सेतो वा पहेंलो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : कुलगुरु÷शिवजी अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग के नगर्ने : आडम्बर र ढोंगीपन

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा आजको समय व्यतीत हुनेछ । आठौं घरमा चन्द्रमा रहेको छ, तर राशिमा शुभग्रहको दृष्टि रहेकाले समस्या देखेर भाग्नु हुँदैन, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । मिहिनेत र परिश्रमका साथ गरिएको कामबाट लाभ हुनेछ । समग्रमा प्रयास गरेमा धन, धर्म र भाग्यबल स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले चाहेको उपलब्धी प्राप्त गर्न सक्नेछन्, तर प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । स्वास्थ्य पक्षमा देखिएको कमजोरी क्रमशः हट्दै जानेछ ।

शुभरङ्ग : कालो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण् के नगर्ने : असुरक्षित यात्रा

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जीवनसाथीसित विवाद, तनाव र असमझदारी बढ्ने सम्भावना छ । नजिकैका व्यक्तिले समेत भावनाको मूल्यांकन नगर्दा कताकता मन रुमल्लिन सक्छ । सातौं भावको कमजोर चन्द्रमाको प्रभावले प्रेम र प्रणय प्रसङ्गका लागि राम्रो समय छैन । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ, काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले ढिलो गरी कुनै काम बन्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : परिवारमा अधिकतम समय दिने के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।