0 COMMENTS
डा .राजिव झा

नमराज भट्ट चैत्र ६ काठमाडौ /दिनहुुँ संसारभरीमा करिब एक वर्षमा ५० देखि ६० लाख मानिसहरुमा मस्तिष्क चोट भएको छ।यहि हिसाबले हरेक ३देखि ५ सेकेन्डमा एक जनाको मस्तिष्क चोट भईरहेको हुन्छ।मस्तिष्क चोट भन्नाले टाउकोमा चोट लागेर बेहोस मात्र नभई यसको भबिस्यमा हुने प्रभाव बुझ्न जरुरी छ।जुनकी अहिले धेरै अस्पतालहरु या मेडिकल डक्टर,नर्सहरुलाई मस्तिष्कको चोटको बारेमा पुर्ण रुपमा ज्ञान छैन ।अहिले पनि मानिसले मस्तिष्क चोटलाई बेहोस अवस्था नै मान्दै आएका छन ,जबकी त्यो मात्र नभईकन अहिलेको चोटले भबिस्यमा गएर धेरै किसिमका चोट निम्त्याउन सक्छ।जस्तै: बच्चामा चोटपटक लागेको छ भने बच्चाको मस्तिष्कको बिकास नहुनु ,मानसिक बिकास नहुनु ,टाउको दुखिरहने समस्या देखापर्नु,छारेरोग जस्ता लक्षण देखापर्नु ईत्यादी ।
करिब ४० वर्ष उमेर मुनिको ब्यक्तिहरुमा यो मस्तिष्क चोट हुने प्रमुख कारण हो। मस्तिष्क चोट लागेपछी मानिस बाच्ने मर्ने मात्रै नभैइकन बाँचे पनि सयौ किसमको समस्या निम्त्याउछ।केही ब्यक्तिमा बेहोस अवस्थामै जीन्दगीभर रहिरह्न्छ भने कतिको बोली नै आउदैन आए पनि प्रष्ट हुँदैन ।कति जनाको पुर्ण या आशिक रुपमा अाँखाको ज्योति गुम्ने पनि हुन्छ।विभिन्न किसमको हात खुट्टाको कमजोरी हुन्छ।धेरै ब्यक्तिमा अन्य समस्या जस्तै दिशा पिसाब भएको थाहा नपाउनु ईत्यादि हुन्छ ।

मस्तिष्क चोट लागेका मध्ये करिब १०० मा १०देखि १२ प्रतिशतको मृत्यु हुन्छ र करिब २० देखि २५ प्रतिशतलाई कुनै किसमको साहाराको जरुरत हुन्छ।जस्तै अरु रोग मध्ये मुटुको समस्या ,फोक्सोको समस्या, क्यान्सर जस्ता रोग लागेकालाई एक दुई वर्षमा मृत्यु हुने गर्दछ।तर मस्तिष्क चोट लागिसकेपछी बिरामी लामो समयसम्म उपचार गरिरहनु पर्छ।त्यसैले समग्र रुपमा हेर्ने हो भने आर्थिक स्थितिमा पनि प्रभाव पर्दछ। हाल हाम्रो देश नेपालमा मस्तिष्क चोटको अवस्था अरु देशमा जस्तै सुधार हुँदै गएको छ ।राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा करिब दुई दशक अगाडि २४ घण्टामा ३देखि ५ जनामा टाउको अप्रेसन गर्नुपर्ने अवस्था देखिन्थ्यो भने ८ देखि १० जना भर्ना हुने अवस्था थियो भने अहिले आएर दिनमा सरदर १देखि २ जनाको टाउकोको अप्रेसन गर्नुपर्ने अवस्था छ।पहिला १०० जनामा १५ देखि २० जनाको मृत्यु हुन्थ्यो भने अहिले आएर यो संख्या पहिलेको तुलनामा आधि भएको छ। यसको कारण न्यूरोसर्जरी सेवा बिस्तार हुनु ,न्यूरोसर्जनको संख्या बढ्नु ,न्युरो दक्ष हासिल गरेको नर्स तथा पारामेडिक्सहरु हुन।

सन् २०१२ मा ट्राफिकको नियम अनुसार मादक पदार्थ सेवन गरेर सवारी नचलाउने नियम भए देखि मस्तिष्क चोटको संख्यामा उल्लेखनीय कमी आएको छ।तर अचम्म के छ भने अहिले पनि टाउकोमा चोट लागेर आउनेमा ६० प्रतिशत मादक पदार्थ सेवन गरेको पाईएको छ। अन्त्यमा मेरो सुझाव भन्नुपर्दा मस्तिष्क चोट अहिले घट्दै गईरहेको छ,यसलाई अझै नियन्त्रण गर्नलाई विभिन्न नियमहरु पालना गर्नुपर्छ जस्तै मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेटको प्रयोग गर्नुपर्छ।हेलमेटसंगै हेलमेट बेल्ट पनि बाध्नु जरुरी हुन्छ।त्यस्तै गरि मादक पदार्थ सेवन वा लागुपदार्थ सेवन गर्नु हुँदैन।सडकका खाल्डाखुल्डी पुरिनुपर्छ,बाटो छेउको बत्तिहरु बल्नुपर्छ।
डा .राजिव झा न्यूरोसर्जन प्राध्यापक तथा सिनियर कन्सलटेन्ट न्यूरोसर्जन बिभागिय प्रमुख राष्ट्रिय ट्रमा सेन्टर तथा बिभागिय नर्भिक अन्तरास्ट्रिय अस्पताल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।