0 COMMENTS

काठमाडौँ०८पुस / म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो । पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो ।

काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा वसमा हालेर काठमाडौँ पठाइएको छ । उनीहरुको सुरक्षा तथा निगरानीका लागि ती बसहरुमा माइती नेपालका कर्मचारी र प्रहरी पनि छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।