0 COMMENTS

काठमाडौँ, ३ फागुन/ नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई रु दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले आज सो संस्थालाई दुई लाख ६९ हजार ६३० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो संस्थाको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ । संस्थाले रु १०० दरका साधारण शेयर बिक्री गर्नेछ । बोर्डले चालू आवको हालसम्म कूल १५ संस्थालाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । केही दिनपहिले मात्रै बोर्डले माउण्टेन हाइड्रो नेपालाई साधारण शेयर बिक्रीको अनुमति दिएको थियो । सो कम्पनीले १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । स्थानीयवासीलाई बिक्री गर्दा बाँकी रहेको पाँच लाख ६६ हजार ११० कित्ता शेयरसमेत सर्वसाधारणलाई बिक्री गर्ने गरी अनुमति दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।