0 COMMENTS

काठमाडौँ १२पुस०७५/ आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।यसअघि ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँ बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य बढेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार ७२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।