0 COMMENTS

सन्जिब कोयी- मकाउ २१ डिसेम्बर/गत शुक्रवार डिसेम्बर २१ तारिख किरात राई यायोक्खा मकाउको आयोजनामा पोर्तास साकेला पार्क मकाउमा किरातीहरुको महान चाड साकेला उधौली किरात येलेदोङतिथि भन्दा एक दिन अगाडी नै भव्यताका साथ सम्पन्न भएको छ l संस्थाका सचिव अविन राज राईले प्रविधिक पक्षको सम्पुर्ण तयारी गर्नु भएको थियो भने सम्झना कैद गरिदिन हुन किराया मकाउको विशेष अनुरोधमा प्रकाश बुढाथोकीमगर दिनभर ब्यास्त हुनुहुन्थ्यो । किरात राई यायोक्खा मकाउको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको अध्यक्ष भिमकुमार राई “किराती” सभापतित्वमा कार्यक्रमले औपचारिक रुप लिएको थियो। किरात समुदायको महत्त्वपूर्ण, विशिष्ट मानुभावहरु किराती तथा गैरकिराती नेपालीहरुको उत्साहजनक गर्विलो सहभागिता रहेको कार्यक्रममा उपा अध्यक्ष रत्न मणी राईले स्वागत मन्तब्य तथा शुभकामना दिनु भएको थियो। उपस्थित महानुभावहरुलाई उत्साहजनक फराकिलो,मार्मिक साथै मुन्धुमी सम्बोधनका साथमा संस्थाका सदस्य कृष्ण सेप्पा याम्फु राईले कार्यक्रम संचालन गर्नु भएको थियो।

किराया मकाउको प्रायोजनमा तयार गरिएका साकेल-गीत सिङ्खेउली सेउली गाडेर ”शीरको फेटा.” उक्त गीतका लेखक गीतकार तथा किराया मकाउका महासचिव मंगल राई “साईला” लाई सम्मान स्वरुप किराती परम्परानुसार किराया मकाउका अध्याक्ष भिमकुमार राई “किरात” ज्युले शीरमा फेटा गुथाउदै महासचिव राईलाई किराती मौलिक शब्दहरु केलाउदै किरात समुदायको ऐतिहासिक लोपोन्मुख शब्द छिन्काउदै, मिठो अन्तराहरु गासी दिनु हुने गीतकार मंगल राई ‘साईला’ ठुलो सम्मान शीर उभ्याउनी धन्याबाद र बधाई समेत दिनु भएको थियो।

अध्यक्ष राईले उक्त साकेल गीत विश्वमा रहनु हुने किरात समुदायको निम्ति मकाउबासी किराती समुदायद्वारा उपहार स्वरुप युटुप मार्फत सार्वजनिक समेत गर्नु भयो। उक्त कार्यक्रममा सम्मानित महासचिव मंगल राई आफ्नो छोटो मन्तब्य राख्नु हुदै थप उत्साह र ज़िम्मेदार बोध भएको प्रतिक्रिया दिनु हुदै मकाउमा रहनु हुने सुन्दर मनका धनी किरात समुदाय दाजुभाई, दिदिबहिनीहरुमा विशेष आभार प्रकट गर्दै साकेलगीत तयारी गर्ने क्रममा खुल्लामनले सहयोग गर्नु हुने महत्वपुर्ण ब्याक्तित्व प्रति विशेष धन्याबाद, बधाई साथै शुभकामना समेत ब्याक्त गर्नु भएको थियो। उपस्थित अथितिहरुलाई स्वागत मन्तब्य क्रममा किराया अध्यक्ष राईले उपस्थित तथा गैरकिरात नेपालीहरुको उत्साहजनक सहभागिता माँझ येलेदोङ ५०७८ को अबसरमा उधौली साकेलाको अबसरमा बिशेष भूमीपुजा दिपप्रज्ज्वलन गर्दै शुभकामना मन्तब्य सकिने बित्तिकै कार्यक्रममा किरात मुन्धुम अनुसार भेषभुषामा सजिएर ढोल झ्याम्टाका साथ सहभागिता जनाएका सम्पुर्ण उपस्थित किरात तथा गैरकिरात नेपालीहरु माँझ अध्यक्ष राईले शीली नाचको समेत उद्धाटन गर्नु भएको थियो। आफ्नो मौलिक नृत्य साकेला शीली बडो तामझामका साथ नाच्दा माहोल मनोरंजनमय बनेको थियो भने बिदेशीहरुले समेत रोचक तरीकाले शीली हेर्न झुमेका थिए।

किरातीहरुले बिशेषत बर्षमा दुई पटक उभौली र उधौली चाड मनाउँदै आएका छन् जुन उभौली चाड बैशाखे पुर्निमामा पर्छ भने उधौली चाड मंसिरे पुर्णिमा देखि सुरु हुने गर्दछ l परापुर्व कालमा जब कुनै पात्रोको विकास भएको थिएन, त्यो बेला रुख-पात र जीव-जन्तुहरुको चालचलन हेरेरै ऋतु परिवर्तनको आंकलन गरिन्थ्यो । तराईमा गर्मी बढ्दै जाने र हिमाली भेग/लेकमा हिउँपग्लिएर रमाईलो फाँटहरु खुल्ने समयमा चरा तथा माछाहरु उँभो लेक तिर जाने हुँदा तत्कालिक समयमा उभौली उत्सवको रुपमा साकेला पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।