0 COMMENTS

लहान, २५ मङ्सीर ०७५/ विद्युत् सर्ट भएर आज साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय सत्यनारायण साहको घरमा विद्युत् सर्ट भएर साँझ ६ बजेतिर भएको आगलागीमा उहाँको दुई वटा घर, स ४ प ४१९३ नम्बर मोटरसाइकल, नगद रु. ८० हजार, एक थान सोनी कम्पनी कम्प्युटर, एक थान टिभी तथा धान, चामल, गहुँ लगायतका सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ । प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।