0 COMMENTS

मिलन चाम्लिङ,धरान०३मंङ्सीर०७५/धरान प्रज्ञा–प्रतिष्ठानको आयोजना र युवा कला केन्द्रकाे संयोजनमा त्रिदिवसीय चित्रकला प्रदर्शनी सोमबार धरानमा उद्घाटन गरिएको छ ।बिमल स्मृति पुस्तकालय धरान १८ मा सोमबारदेखि ३ दिन सम्म पर्दशन गरिने धरान प्रज्ञा–प्रतिष्ठानका संयोजक अम्बीका कुमार साम्बाहाम्फेले जानकारी दिनुभएको छ ।

कला र संस्कृतिको जगेर्ना गर्न र चित्रकलाको महत्व आम मानिसलाई बुझाउन चित्रकला पर्दशनी गरिएको आयोजकले बताएको छ ।प्रदर्शनीमा चित्रकार , स्वयम प्रकाश श्रेष्ठ ,लेख मगर ,प्रनोद दत्त ,महेन्द« राई ,जिवन पौडेल ,युमेनहाङ्ग राई ,भिसन परियार ,धिरज राई ,दिलकृष्ण आले ,शारादा श्रेष्ठ लगायतका विभिन्न ठाँउका १८ भन्दा बढि चित्रकारहरुले बनाएका चित्रहरु प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिका अन्तरगत विभिन्न वडाका वडा अध्ययक्ष , प्रा डा भोलानाथ पोख्रेल ,चित्रकार ,साथै विभिन्न विधालयका विधार्थीको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।