0 COMMENTS

काठमाडौं, कार्तिक २६ । सामुदायिक लघुवित्त कम्पनीको आईपीओ मंसिर २ गतेदेखि खुल्ने भएको छ । कम्पनीको ३ लाख कित्ता आर्इपीओ मंसिर ५ गतेसम्म बिक्री खुला हुनेछ ।

कुल निष्कासन आर्इपीओमध्ये १२ हजार कित्ता शेयर कर्मचारी र १५ हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याइनेछ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला हुनेछ ।

लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । सामुदायिकले आर्इपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ ।

कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दै लैजाने योजना पनि बनाएको छ । जस अनुसार २०७६।७७ मा १५ करोड ४० लाख र आव २०७७।७८ मा २३ करोड १० लाख रुपैयाँ पुर्याउने योजना पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।