0 COMMENTS

पुराणहरू सनातन धर्मका असाध्यै प्राचीन ग्रन्थ मात्र हाेइनन् अाधारस्तम्भ पनि हुन् । वास्तवमा पुराणकाे रचना मानव मात्रकाे भलाइका लागि गरिएकाे हाे । पुराणहरूमा  धर्म, आचार, विचार, संस्कृति, कर्म-काण्ड, शास्त्र, विज्ञान, अर्थशास्त्र आदिकाे वर्णन पाइन्छ।गहिरिएर हेर्दा  पुराण नै सनातन धर्म संस्कृतिकाे मुख्य अाधार हाे। वस्तुत : प्रमुुख पुराणहरू १८ वटा छन् । जसमा त्रिदेवकाे महानतम शिक्षा अंकित गरी सरल भाषामा गूढ रहस्यमय कुराहरू बताइएकाे छ । अब अाउनुहाेेस् पुराणकाे शाब्दिक अर्थ के रहेेछ जानी राखाैँ ः

 ‘पुराण’ काे शाब्दिक अर्थ हाे – ‘प्राचीन आख्यान’ वा ‘पुरानाे कथा’ । ‘पुरा’ शब्दकाे अर्थ हाे – अनागत एवं अतीत। ‘अण’ शब्दकाे अर्थ हुन्छ -भन्नु वा बताउनु। रघुवंशमा पुराण शब्दकाे अर्थ कसरी लगाइएकाे छ भने “पुराण पत्रापग मागन्नतरम्” एवं वैदिक वाङ्मयमा “प्राचीन: वृत्तान्त:” नै पुराण हाे भनिएकाे छ।

 सांस्कृतिक अर्थबाट भन्नुपर्दा पुराण हिन्दू संस्कृतिका ती विशिष्ट धर्मग्रन्थहरू हुन् जसमा सृष्टिदेखि लिएर प्रलयसम्मकाे इतिहास-वर्णन गरिएकाे छ । पुराण शब्दकाे उल्लेख वैदिक युगकाे वेद सहित आदितम साहित्यमा पनि पाइन्छ । अत: यसलार्इ सबैभन्दा पुरातन (पुराण) मान्न सकिन्छ। अथर्ववेदका अनुसार “ऋच: सामानि छन्दांसि पुराणं यजुषा सह ११.७.२”) अर्थात् पुराणहरूकाे आविर्भाव ऋक्, साम, यजुस् र छन्द सँगसँगै भएकाे हाे। शतपथ ब्राह्मण (१४.३.३.१३) मा त पुराण वाङमयलार्इ वेद नै भनिएकाे पाइन्छ। छान्दोग्य उपनिषद् (इतिहास पुराणं पञ्चम वेदानांवेदम् ७.१.२) ले पनि पुराणलार्इ वेद भनेकाे छ। बृहदारण्यकोपनिषद् तथा महाभारतमा के भनिएकाे छ भने “इतिहास पुराणाभ्यां वेदार्थ मुपबर्हयेत्” अर्थात् वेदकाे अर्थविस्तार पुराणद्वारा गर्नुपर्छ। यसबाट के स्पष्ट हुन्छ भने वैदिक कालमा पुराण तथा इतिहासलार्इ वेदकै समान स्तरमा राखिएकाे देखिन्छ। [साभार- विकिपिडिया

 अमरकोष आदि प्राचीन कोशहरूमा पुराणका पाँच लक्षण उल्लेख गरिएकाे छ : सर्ग (सृष्टि), प्रतिसर्ग (प्रलय, पुनर्जन्म), वंश (देवता वा ऋषि सूची), मन्वन्तर (चौध मनुका काल), र वंशानुचरित (सूर्य चन्द्रादि वंशीय चरित) ।

 

सर्गश्च प्रतिसर्गश्च वंशो मन्वंतराणि च ।वंशानुचरितं चैव पुराणं पंचलक्षणम् ॥

 (१) सर्ग – पञ्चमहाभूत, इन्द्रियगण, बुद्धि आदि तत्त्वहरूकाे उत्पत्तिकाे वर्णन,

 (२) प्रतिसर्ग – ब्रह्मादिस्थावरान्त सम्पूर्ण चराचर जगत् निर्माणकाे वर्णन,

 (३) वंश – सूर्यचन्द्रादि वंशहरूकाे वर्णन,

 (४) मन्वन्तर – मनु, मनुपुत्र, देव, सप्तर्षि, इन्द्र एवं भगवानका अवतारहरूकाे वर्णन,

(५) वंशानुचरित – प्रति वंशका प्रसिद्ध पुरुषहरूकाे वर्णन ।

 

कतिसम्म भनिन्छ भने सृष्टिकर्ता ब्रह्माले सर्वप्रथम जुन प्राचीनतम धर्मग्रन्थकाे रचना यरे, त्यही नै पुराण हाे। [साभार- विकिपिडिया]

 

प्राचीनकालदेखि नै पुराणले देवता, ऋषि, मनुष्य – सबैकाे मार्गदर्शन गरिरहेकाे छ। पुराणले मनुष्यलार्इ धर्म एवं नीति अनुसार जीवन व्यतीत गर्ने शिक्षा प्रदान गर्दछ। पुराणले मनुष्यका कर्महरूकाे विश्लेषण गरेर उनीहरूलार्इ दुष्कर्म गर्नबाट राेक्दछ। पुराण वस्तुतः वेदहरूकै विस्तारित रूप हाे । वेद क्लिष्ट संस्कृत भाषामा लेखिएकाे छ जसलार्इ राम्ररी बुझ्न अाज पनि धेरै गाह्राे छ । त्यसैले वेदव्यासले पुराणहरूकाे रचना र पुनर्रचना गरे। भनिन्छ, ‘‘पूर्णात् पुराण ’’ जसकाे अर्थ हुन्छ, जो वेदहरूकाे पूरक हो, अर्थात् पुराण (जसलार्इ वेदहरूकाे टीका भनिन्छ)।

वेदहरूमा जटिल भाषामा भनिएका कुरालार्इ पुराणहरूमा सरल भाषामा बुझाइएकाे छ। पुराण-साहित्यमा अवतारवादलार्इ प्रतिष्ठित गरिएकाे पाइन्छ। पुराणमा त्रिदेवका सबै अवतारहरूकाे वर्णन गरिएकाे छ। यी अवतारहरूकाे मूल उद्देश्य धर्मलार्इ स्थापना गर्नु रहेकाे पाइन्छ । पुराणहरूमा हामीलार्इ त्यस्ताे अनमोल शिक्षाकाे लाभ मिल्छ जुन अपनाएर हामी याे भवसागर सजिलै तर्न सकाैँ ।  निर्गुण निराकारकाे सत्ता स्वीकार गर्दागर्दै पनि सगुण साकारकाे उपासना गर्नु पुराणहरूकाे परम विषय वा मुख्य विशेषता हाे ।

पुराणहरूमा अलग-अलग देवी-देवताहरूलार्इ केन्द्रमा राखेर पाप-पुण्य, धर्म-अधर्म र कर्म-अकर्मका कथा भनिएकाे छ। प्रेम, भक्ति, त्याग, सेवा, सहनशीलता यस्ता मानवीय गुण हुन्, जसकाे अभावमा उन्नत समाजकाे कल्पना गर्न सकिँदैन। पुराणहरूमा देवी-देवताका अनेक स्वरूपकाे विस्तृत विवरण पाइन्छ। पुराणकारहरूले पुराणहरूमा सत्यलार्इ प्रतिष्ठित गर्दै दुष्कर्मकाे विस्तृत चित्रण गरेका छन्। पुराणहरूकाे मूल उद्देश्य के हाे भने मनुष्यहरूलार्इ धर्मकाे शिक्षा मिलिरहाेस् जसले गर्दा उनीहरू सही मार्गमा हिँडेर अाफूलार्इ परमात्माकाे समीप पुर्याएर मोक्ष प्राप्त गर्न सकून्। आजकाे व्यस्त समयमा हामीलार्इ  पुराणहरू अध्ययन गर्ने पर्याप्त समय छैन । यसका बावजूद पनि हामीले समय निकालेर पूर्वीय धर्म संस्कृति र अध्यात्म दर्शनकाे विस्तृत अध्ययन गर्न सक्नुपर्दछ । अाफ्नाे गाैरवमय धराेहरकाे संरक्षण गर्न र सनातन धर्म संस्कृतिका विशेषताहरू जनसमक्ष उजागर गर्ने बृहत्तर उद्देश्यबमाेजिम याे महत्वपूर्ण अालेख  इन्डियन नाेभाकाे सहयाेगमा तयार पारिएकाे हाे । यदि तपार्इँ  पुराणहरू प्राप्त गर्न चाहनुहुन्छ भने  गीताप्रेसकाे साइटमा गएर लिन सक्नुहुनेछ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।