0 COMMENTS

काठमाडौं२१कार्तीक०७५/ प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन् । समाचारको अनुसार आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको स्थापितको दाबी छ।

‘हाम्रोमा पार्टीभित्र गुट छ। मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो। सभामुखमा पनि दाबी गरेको हो। अहिलेका डोरमणिको दाबी थिएन्। बरु अष्टलक्ष्मीको दाबी थियो। मलाई पूर्वाधारमन्त्री बनाउनु भनेर पौडेल हिँडेका हुन्। उहाँको हैसियत नै त्यही हो’, उनले भने, ‘त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो। हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो। तर, आज दम्भ देखाउने ?’ स्थापितले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन्। उनले पौडेलको साँठगाँठ सिआईएसँग रहेको आरोपसमेत लगाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।