0 COMMENTS

पोखरा१८कार्तीक०७५/ विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका थिए ।

म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डिमेरिट्स अंक दिएका हुन् । शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक पटक विवादमा उत्रिएका थिए । अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

विराटनगरकै किशोर महतो र चितवनका सन्नी पटेललाई पनि अम्पायरसँग विवाद गरेका कारण कारवाही गरिएको छ । फिल्ड अम्पायर विनयकुमार झा, संजयकुमार सिंग्देल र टिभी अम्पायर संजय गुरुङले तीन खेलाडीले अनुशासनविरुद्ध काम गरेको बताएका थिए । चितवन राइनोजविरुद्धकै खेलमा अम्पायरसँग विवाद गरेका कारण काठमाडौं रोयल्सका अमरसिंह राउटेलालाई एक डिमेरिट्स अंक दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।