0 COMMENTS

उदयपुर, कात्तिक १/ मोरङको रतुवामाई ९ ठकठकीयास्थित सुदर्शन क्लवले ९० जनाबढीलाई एकैसाथ सम्मान गरेको छ । रतुवामाई नगरपालीकाका स्थानीय     समाजसेवी कृष्ण कार्कीको एकल लगानीमा बृद्ध, बृद्धा, एकल महिला तथा असाहाय र असक्तता भएकाहरुलाई सम्मान गरिएको हो ।

बैदेसिक रोजगारीको क्रममा हाल जापानमा रहेका कार्की नेपालमा रहको दुखी र अशक्तहरुको सेवामा क्रियाशील कार्कीले हिन्दु नेपालीहरुको पर्व दशैं सहज बनाउन जनही रकमसहित लत्ताकपडा र दोसल्ला ओढाएर सम्मान गरिएको हो । समाजमा रहेका असाहय, गरिब र असक्तहरुलाई हेरिने सामाजिक दृष्टिकोण नकारात्मक हुने गरेको भन्दै यसलाई परिवर्तनका लागि अभियान स्वरुप उनीहरुको सम्मानलाई प्राथमिकता दिएको कार्कीले जानकारी गराए ।सम्मान कार्यक्रममा रतुवामाई ९ का ८५ वर्षभन्दा बढी उमेरका २८ बृद्धा तथा १६ जना बृद्धलाई १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीको हातबाट सम्मानित भएका थिए । उनीहरुलाई जनही दुई हजार रकमसहित दौरा शुरुवाल ढाका टोपी, सारी चोलो पछ्यौरा प्रदान गरिएको कृष्ण कार्कीका भाई राजन कार्कीले बताए । त्यसैगरी तीन जना अशक्तलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई मासिक एकहजारका दरले दुई महिनाको दुईहजारका दरले दुई÷दुई हजार सहित सम्मान गरिएको थियो । अपाङ्गता भएका तीनजनालाई आजीवन मासिक एकहजार उपलब्ध गराईने कार्कीले जानकारी दिए ।

यता पूर्वका बिभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत एक दर्जनबढी पत्रकार पनि सम्मानित भएका छन् । यस्तै कलाकारितामार्फत स्थानीय कला र पहिचानमा टेवा पुराएको भन्दै आरम्भ नाट्य डवली कला साहित्य मञ्चका १७ जना नाट्यकर्मी पनि सम्मानित भए । त्यस्तै तीनजना नृत्यकमी पनि सम्मानित भए । त्यसैगरी मिस स्टेट २०१८ का प्रतिस्पर्धी रमिला बस्नेत पनि सम्मानित भईन् । उनी नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सबैभन्दा कम उमेरकी ह्यान्डबल खेलाडी समेत हुन् ।

यसैगरी उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की पनि सम्मानित भएका थिए । उनलाई साहसीपूर्ण उल्टो मोटरसाईकल चलाएर विश्व कीर्तिमान कायम गरी देशको गौरब उच्च बनाएको भन्दै सम्मान गरिएको हो । कार्कीले सन् २०११ मा पहिलो पटक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो दिशामा बसेरै मोटरसाईकल चलाएर यात्रा पार गरी रेकर्ड राखेका थिए । त्यस्तै पार्कर बिधामा नेपालको तर्फबाट दुई वटा किर्तीमान कायम गरीसकेका दिनेश सुनार र स्कुटरमार्फत विश्व कीर्तिमान कायम गर्न तयारी गरीरहेका अभियान राई सम्मानित भएका छन् । सम्मानित राई केही समयमै निरन्तर निराहार दुई हजार सात सय किलोमिटरको दूरी स्कुटरमार्फत पार गरी रेकर्ड कायम गर्ने तयारीमा जुटेका छन् । 

यता नेपालकै चर्चित युट्युबर भाग्य न्यौपाने पनि सम्मानित भएका छन् । उनले युट्युब र सामाजिक सञ्जालमा रहेका समाजसेवी व्यक्तिहरुको समन्वय गराई असक्त र उत्पीडितहरुलाई सहयोग पु¥याएको भन्दै सम्मानित गरिएको हो । सम्मानित न्यौपाने ताततातो खवरका सञ्चालक हुन् । कार्यक्रममा आन्तरिक मामिला एवं कानुन मन्त्री कार्कीसँगै पूर्व सभाषद ऋषिकेश पोखरेल, प्रदेश सांसदहरु हिरा थापा, शिवनारायण सिंह, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता चुडाललगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।