0 COMMENTS

काठमाण्डाै०३असाेज०७५/ युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् ।आज विहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए ।

खेलको २९ औं मिनेटमा रातो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो ।तर भ्यालेन्सियाविरुद्ध १० खेलाडी भए पनि युभेन्टसनै हावी देखियो । युभेन्टसले दुवै गोल पेनाल्टी मार्फत गरेको हो । मिरलेम पेजेनिकले ४५औं तथा ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् ।

पेजेनिक च्याम्पियन्स लिगमा एउटै खेलमा दुई पेनाल्टी प्रहार गर्नेे खेलाडी पनि बनेका छन् । रियल मड्रिका लागि यसअघि क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा एकै पटक दुई वटा पेनाल्टीमा गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा इङ्लिस क्लव म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० ले पराजित गरेको छ ।
युनाइटेडको जितमा पोउल पोग्बाले २ तथा एन्थोनी मार्सेलले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।