0 COMMENTS

काठमाडौँ२५भदाै०७५/ संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।आज सिंहदरबारमा बसेको समितिको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशका लागि अनुमोदन भएसँगै अब राष्ट्रपतिले नियुक्त गर्ने बाटो खुलेको छ ।

आजै समितिको बैठकमा उपस्थित भएर मिश्रले आफूविरुद्ध परेका तीन उजुरीबारे जवाफ दिदै न्याय सम्पादनका काम प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

संवैधानिक परिषद्को गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।