0 COMMENTS

काठमाण्डाै०३भाद्र०७५/ आयोजक श्री चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स छात्रा सिनियर तर्फ चौथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल कप प्रतियोगिताको उपाधी नजिक पुगेको छ ।

आईतबार सम्पन्न प्रतिस्पर्धामा आफ्नो प्रतिद्वन्दिलाई पाखा लगाउँदै स्किब्स फाईनलमा स्थान बनाउन सफल भएको हो । अव आयोजकले उपाधीको लागि निम्स स्कुलको सामना गर्ने भएको छ ।

यस्तै आईतबारनै भएको छात्र सिनियर तर्फ विल्सन स्कुलले फाईनल यात्रा तय गर्यो । फाईनलमा विल्सनले होप भ्याली स्कुलसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
बशुन्धारास्थित आयोजकको आफ्नै प्राङ्गणमा भएको प्रतिस्पर्धाको छात्र जुनियर तर्फ महामञ्जुश्रीले उपाधी भिडन्तको लागि एन्जल हर्ट संगको भेट पक्का गर्यो ।प्रतियोगिताको फाईनल मंगलबार बिहान १०ः ०० बजे हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।