0 COMMENTS

काठमाडौँ ०३भदाै०७५/ सरकारले पदमुक्त गरेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्चमा अदालत गएकी छन् । उनले आफूमाथि अन्याय भएकाे भन्दै पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकी हुन् ।

अाफू प्रतिस्पर्धाबाट छानिएर साे पदमा पुगेकाे दाबी गर्दै कामिनीले पद पुनर्बहालीको माग गरेकी हुन् । उनले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक्न र अाफ्नाे पद पुनर्बहालीका लागि अन्तरिम अादेश हुनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएकी हुन् ।

टेलिकमकाे फोरजी सेवा विस्तार गर्न नसकेको लगायतका कारण देखाएर सञ्चार मन्त्रालयले कामिनीलाई स्पष्टीकरण साेध्दै पटकपटक पदबाट हट्न दबाव दिएकाे उनकाे भनाइ छ । स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। लगत्तै उनले भदाै १ गते सर्वाेच्चमा रिट हालेकी हुन् । रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ।तर सर्वाेच्चकाे निर्णय अाउनुघि नै सरकारले टेलिकमकाे नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।