0 COMMENTS

मिलन चाम्लिङ,धरान०२भद्राै०७५/ धरान उपमहानगरपालिकाले बढाएको अत्यधिक कर वृद्धिको खारेजी माग गर्दै नेपाली काङ्ग्रेस धरान नगर समितिले आज धरानमा र्‍याली निकाल्दै भानुचोक स्थित लोकतान्त्रिक चोकमा कोणसभा गरेको छ । कोणसभामा बोल्दै काङ्ग्रेसका धरान नगर सभापति तिलक राईले नागरिकको कर तिर्नुपर्ने दायित्व रहेको र वृद्धि भएको करको समायोजन नभएसम्म व्यावसायीहरुलाई कुनै पनि कर नतिर्न सुझाएको छन । बहुमतको दम्ब देखाएर नेकपाले जनताको ढाड सेक्ने गरि कर लागु गरेको बताएका छन भने जनतालाई संघीय,प्रदेश र स्थानीय तिनै तहका सरकारले कर असुल गर्न नमिल्ने बताउदै वृद्धि भएको करको समायोजन नभएसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु जारी रहने बताएका छन । धरान उपमहानगरपालिकाले वृद्धि गरेको कर निम्न छन ।
१. सम्पत्ति करमा २७५% देखि ३००% सम्म २. आन्तरिक राजस्वले रु ३००० लिदै आएको घर वहाल करमा नगरपालिकाले रु ७२०० सम्म लिने गरेको छ ।
३. घरजग्गा मुल्यांकन कर १८०% देखि १९०% सम्म वृद्धि गरेको ।
४. टेम्पो अटोरिक्साको दर्ता शुल्क ३०० बाट ७००० रुपैयाँ सम्म।
५. बिज्ञापन करमा ३००% वृद्धि ।
६. जुत्ता चप्पल मर्मत गर्ने मजदुरलाई बार्षिक रु १००० ।
७. घरनक्सा पास दस्तुर २५% सम्म कर वृद्धि ।
८. बिजुली पानी जडान सिफारिस २००% वृद्धि । 
९. उजुरी निवेदन दर्ता शुल्क रु ५०० बाट १५०० वृद्धि गरेको छ  ।
१०.ब्याबसाय नविकरणमा १००% र दर्ता ४००% सम्म वृद्धि  ।
११. जन्मदर्ता, मृत्युदर्ता,बिबाहदर्ता जस्ता पञ्जिकरण निशुल्क हुनुपर्ने शुल्क लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।