0 COMMENTS

काठमाडौं ०१, भदौ०७५ /अर्थमन्त्री डा. युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएकाहुन ।

“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उहाँले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना व्यवसायलाई बैंकले लगानी नगर्ने भएकाले लघुवित्तले नै लगानी गरेर सहयोग गरिरहेकोसमेत बताए ।

मन्त्री खतिवडाले लघुवित्तले उद्यमशीलतासँगै पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । महिला सशक्तीकरणका लागि लघुवित्तले लगानी बढाए, मुलुकले आर्थिक परिवर्तनको पाइला टेक्ने बताउँदै मन्त्री खतिवडाले उद्यमशीलतामा लगानी बढाउँदा लघुवित्तलाई कानूनी र प्राविधिक समस्या परे सरकारले सहयोग गर्न तयार रहेको जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले मुलुकमा ७० प्रतिशतभन्दा बढी गरीब तथा साना परिवार रहेको उल्लेख गर्दै तीनलाई माथि उकास्न लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । आर्थिक उन्नतिलाई माथि उकास्न सरकार लागिपरेको भन्दै उहाँले भन्नुभयो, “साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत सहयोग पुर्याएका छन् । त्यसैले ती व्यवसायमा लघुवित्तले लगानी गर्नुपर्दछ ।”

उनले लघुवित्तमाथि लागेको आरोपलाई झूठो सावित गरेर जानुपर्ने भन्दै भूकम्पपछि अर्थतन्त्रमा केही धक्का लागे पनि अहिले पुनःस्थापित हुन थालेकोसमेत जानकारी गराए । कार्यक्रममा लघुवित्त सङ्घका अध्यक्ष पदमना शाक्यले गाउँघरका स्रोतसाधन र सीपलाई परिचालन गर्नेगरी ऋण प्रवाह गर्ने बताए । उनले लघुवित्तले महिलालाई सशक्तीकरण गर्न सहयोग गरिरहेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।