0 COMMENTS

मिलन चाम्लिङ२७ धरान०७५/ धरान एकता समाज धरानले धरानमा विभिन्न क्षेत्रमा उदाउदै गरेको युवाहरुलाई आज बिश्व युवा दिवसको अवसर पारेर सुनसरी उद्योग बाणिज्य संघ धरानको कार्यलयमा एक कार्यक्रम बिच रंगकर्मी बिग्रोल मिलन चाम्लिङ र युवा पत्रकार गोबिन राज भण्डारी सहित १८ युवाहरूलाई सम्मान गरेको छन ।

जस्मा युवा ब्याबसायी सोनाहाङ राई,युवा उद्यमि संजिव कुलुङ, नवगायिका गोमा कुलुङ, इक्षा मादेन,राजन मगर, दोर्छे भोटे, शिक्षा भट्टराई लगायत अन्यलाई सम्मान गरेको हो । सम्मान पत्र प्रदान गर्दै प्रदेश नं १ सांसद बिन्दिया कार्कीले युवाहरु देशको आजको साझेदार रहेको बताएका छन ।

विभिन्न क्षेत्रबाट उदाउदै गरेको युवाहरूलाई भोलिको दिनमा उनिहरु लागि परेको विभिन्न क्षेत्रमा अगि बढ्न हौसला दिनको लागि यो कार्यक्रम आयोजना गरेको समाजका संयोजक देवान राईले बताएका छन । सम्मान कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमन तिमिल्सिना,धरान उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष प्रबिण राई लगायत उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा मृगौला पीडित अग्रज पत्रकार प्रबिण राईको उपाचार खर्च सहयोग समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।