0 COMMENTS

काठमाण्डाै२४साउन०७५/  गभर्नर चिरञ्जिवी नेपालले बैंकहरूलाई ऋणको ब्याज घटाउन निर्देशन दिएका छन्। निक्षेप संकलनमा नयाँ योजना ल्याउने बैंकहरूले ऋण दिँदा ब्यान नघटाए राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।

आर्थिक पत्रकाहरूलाई बैंकिङ क्षेत्रका विषयमा जानकारी दिन बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन्।गभर्नर नेपालले भने, ‘अब बैंकले ऋण घटाउनुपर्छ। निक्षेप संकलनमा योजना ल्याउनेले ऋण दिँदा ब्याज घटाउनु पर्छ। वित्तीय क्षेत्रलाई पुलिसको व्यवहार गर्न नपरोस्, समातेर जेल हाल्ने काम गर्न नपरोस्।’ वित्तीय क्षेत्रले निक्षेप संकलन गरेर तरलता बलियो पार्नु पर्नेमा उनले जोड दिए।कार्यक्रममा बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ब्याजदर घट्न चालू आर्थिक वर्षको त्रैमासिकसम्म कुर्नुपर्ने बताए। उनले अब निक्षेपको ब्याज दर पनि घट्ने संकेत गरे। उनले भने, ‘ऋणको ब्याज घट्छ भन्दैमा घटिहाल्ने होइन, समय चाहिन्छ।

गभर्नर नेपालले वित्तिय क्षेत्रलाई अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन गर्नुपर्ने बताए। बजारमा पैसाको पहुँच पुर्याउन सहज बाटो प्रयोग गर्न राष्ट्र बैंक लागिपरेको बताउँदै उनले त्यसका लागि वित्तिय क्षेत्रबाट आवेदन माग गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।