0 COMMENTS

काठमाण्डाै०३साउन०७५/  अनसनरत् चिकित्सक गोविन्द केसीले आफूलाई जवरजस्ती काठमाडौं नलैजान चेतावनी दिनुभएको छ । सरकारले आजै केसीलाई जुम्लाबाट काठमाडौं लैजाने तयारी गरेपछि केसीको यस्तो प्रतिक्रिया आएको हो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आफ्नो माग पूरा नभएसम्म जुम्ला नछाड्ने अडान राख्नुभएको छ । उहाँले आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।उहाँले आफूले चन्दननाथ बाबाको काखमा बसेर अनशन गरेको बताउँदै सरकारलाई स्वास्थ्य क्षेत्रको सुधारमा लाग्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।