0 COMMENTS

काठमाण्डाै १साउन०७५/पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले साउन १ गते मंगलबारदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । पहिलो चरणमा स्थानीयलाई सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपिओ जारी गरेको हो ।

एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो ।

कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

बाँकी रहेको १० लाख एक हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

आईपिओमा आवेदन संख्या धेरै हुँदा गोलाप्रथाबाट सेयर बाँडफाँड गर्नुपर्ने अवस्थामा ५० कित्ताका लागि नै आवेदन प्रयाप्त देखिन्छ ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् ।

कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।

कम्पनीले साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गरेको हो ।

हाइड्रोले गत जेठ ७ गते साधारण शेयर निष्काशन गर्न अनुमति मागेकोमा बोर्डबाट असार ८ गते आईपिओ जारी गर्ने अनुमति पाएको थियो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।