0 COMMENTS

विश्वको केही दिनपछि विश्वले नयाँ विश्वकप विजेता राष्ट्र पाउँछ । आईबार राति दुई युरोपियन राष्ट्रहरु फ्रान्स र क्रोएशियाबीच उपाधि भिडन्त हुनेछ ।हरेक राष्ट्रको सपना विश्वकपको उपाधि जित्ने हुन्छ । त्यसमा राष्ट्रले पाउने नगद भन्दा पनि उपाधि सबैभन्दा ठूलो कुरा हो । फिफाले विश्वकप खेल्ने ३२ वटै राष्ट्रहरुलाई बिभिन्न शीर्षकमा बजेट उपलब्ध गराउँछ । कोही टिमले तयारी खर्चको रुपमा, कोहीले बिभिन्न चरण पार गरेकोमा त एक टिमले उपाधि जितेकोमा रकम पनि पाउने गर्छ ।

यहाँ हामीले विश्वकपमा सहभागी राष्ट्रलाई दिइने नगदको बारेमा जानकारी प्रदान गरेका छौं ।

१७ औं देखि ३२ औं स्थान हुने राष्ट्र १६ राष्ट्र

विश्वकपमा गरेको गोल, खाएको गोलको आधारमा फिफाले समूह चरणबाट बाहिरिने राष्ट्रको स्थानको टुंगो लगाउँछ । बिहिरिने १६ वटा टोलीले ८ मिलियन अमेरिकन डलर पाउँछन् । उक्त रकम तयारी खर्चको लागि भनेर दिइन्छ ।

९ औं देखि १६ औं स्थान बनाउने ८ राष्ट्र

विश्वकपमा समूह चरण पार गरेर क्वार्टरफाइनलमा स्थान बनाउने ८ राष्ट्रले प्रतिराष्ट्र १२ मिलियन अमेरिकी डलर पाउँछन् । सन् २०१४ को विश्वकपमा उक्त रकम मात्रै ९ मिलियन डलर रहेको थियो ।

५ औैं देखि ८ औैं स्थान बनाउने ४ राष्ट्र

विश्वकपमा ५ औैं देखि ८ औं स्थान बनाउने राष्ट्रले प्रतिराष्ट्र १६ मिलियन अमेरिकी डलर पाउँछन् । ब्राजिल विश्वकपमा उक्त रकम १४ मिलियन मात्रै थियो ।

चौथो स्थान बनाउने राष्ट्र

विश्वकपमा चौथो स्थान कायम गर्ने राष्ट्रले २२ मिलियन अमेरिकी डलर पाउँछन् । यस अघि उक्त रकम २० मिलियन डलर मात्रै रहेको थियो ।

तेस्रो स्थान बनाउने राष्ट्र

तेस्रो स्थान बनाउने राष्ट्रले २४ मिलियन डलर पाउँछन् । यसअघि उक्त रकम २२ मिलियन डलर रहेको थियो ।

उपविजेता

विश्वकपको उपविजेता राष्ट्रले २८ मिलियन डलर रकम पाउँछन् । उक्त रकम यसअघि २५ मिलियन रहेको थियो ।

विजेता

विश्वकप विजेता राष्ट्रले ३८ मिलियन अमेरिकी डलर हाता पार्छ । उक्त रकम यसअघि ३५ मिलियन मात्रै थियो । यसपटकबाट ३ मिलियन अमेरिकी डलर बढाइएको हो ।

फिफाले विजेता तथा सहभागी राष्ट्रहरुलाई जम्मा ४ सय मिलियन अमेरिकी डलर खर्च गर्छ । सन् २०१४ को ब्राजिल विश्वकपमा उक्त रकम ३ सय ५८ मिलियन डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।