0 COMMENTS

काठमाडौं २७, असार०७५/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् ।

खेल नेपाली समय अनुसार राति११ः४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा ४–३ ले हराएर अन्तिम चारमा ठाउँ बनाएको हो ।

इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेताले फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले मंगलबार राति भएको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।

क्रोएसिया–इंग्ल्याण्डको आठौं भेट
क्रोएसिया र इंग्ल्याण्ड यसअघि सातपटक भेट भएका छन् । सन् २००४ को युरोपकमा समूह चरणमा भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले हराएको थियो ।

समग्रमा यी दुईबीच अहिलेसम्म सातपटक भेट भएको छ । यसमा इंग्ल्याण्ड चारपटक विजयी भएको छ भने क्रोएसियाले दुईपटक जितेको छ । एकपटक बराबरी भएको छ ।क्रोएसियाले पछिल्लो पटक सन् २००७ को नोभेम्बरमा युरोकप छनौटमा इंग्ल्याण्डलाई ३–२ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।