0 COMMENTS

काठमाडौं ०८ जेठ ०७५ / रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ । वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म खुला गरिएको कम्पनीको आईपीओ केहिबेर अघि बाँडफाँड गरिएको हो ।

कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता आईपीओ सर्वसाधारणलाई जारी गरिएको थियो ।

आइपीओमा माग भन्दा १७.७८ गुणा बढी आवेदन परेको थियो । कुल १ लाख ७५ हजार २७८ जनाको आवेदन स्वीकृत भएकोमा ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । भर्ने मध्ये ४३ दशमलव ५६ प्रतिशतले १० कित्ता शेयर पाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।