0 COMMENTS

मिलन चाम्लिङ,धरान,१३बैशाख०७५/  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारीको १९ स्मृति दिवस धरानमा मनाइएको छ ।

धरान–१५ स्थित श्याम चाेकमा रहेको स्व. अधिकारीको शालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको हो । बिहीबार विहान नेकपा एमाले १५ नं. वडा कमिटि धरानको आयोजनामा भएको कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त अवसरमा एमालेका बैकल्पिक केन्द्रीय सदस्य धर्मराज निरौलाले अधिकारीको जीवन स्मरण गर्दै भने –‘स्व. नेता मनमोहनले लिएको विकासको नीति अहिले देश विकासको एजेण्डा बनेको छ र त्यसै अनुरुप जनताले एमालेलाई देश विकासको म्याण्डेड स्वरुप जनमत दिएका छन् ।

कार्यक्रममा प्रदेश सांसद साबित्रा जोशी, सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत, १ नं. क्षेत्रीय इन्चार्ज प्रकाश राई, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी लगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।