0 COMMENTS

काठमाडौं१०बैशाख०७५/ हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।

१ ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।

२ बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

३ ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४ कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।

गर्मीमा पानी कसरी र कति पिउने ?

शरीरमा पानीको कमीले एलर्जीको समस्या हुन सक्छ । एलर्जीले शरीरलाई भयानक असर पुर्याउन सक्छ । दैनिक कम्तीमा ८ गिलास पानी पिउनुस् ।

बैशाख महिना सुरु भइसकेको छ । काठमाडौंमा पनि हामीले गर्मीको महसुश गर्न थालिसकेको अवस्थामा तराईका जिल्लाहरुमा झन्् गर्मी बढ्दो छ ।

गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । पानी शरीरको लागि अत्यावश्यक तत्व हो जुन हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा ओगटेको हुन्छ । शरीरमा पानी कम भएकाम विशाक्त पदार्थ सहज रुपमा बाहिर निक्लन पाउँदैनन् र समस्याहरु निम्तन सक्छन् ।

शरीरमा पानीको कमीले शरीमा फ्याटको मात्रा बढ्न पुग्छ भने पाचन प्रक्रिया कमजोर हुन्छ । जसले अंगहरुले ठीक रुपमा काम गर्न सक्दैनन् । शरीरमा विकार पदार्थ बढ्न थाली जोर्नी र मांसपेशी दुख्ने समस्या निम्तन सक्छ । पानी शरीरमा कम भएकै कारण कतिपयमा ज्वरो, उल्टी, रगतमा इन्फेक्सन, पथ्थरीलगायतका समस्या समेत देखिन सक्छन् । पानीको जरुरत हरेक मानिसको शरीरलाई आवश्यक पर्छ र यो सम्झनु पर्छ कि तिर्खा लागेपनि नलागेपनि सेवन नियमित र आवश्यकता अनुसार गरिरहनुपर्छ ।

दैनिक तिर्खा लागेपनि नलागेपनि ८ गिलास पानी पिउँदा एलर्जीको समस्याबाट छुटकारा पाउन सकिन्छ । कोहि मानिस पानीको साटो बीयर, कफी, सोडा जस्ता पेयपदार्थको पनि सहारा लिन्छन् तर यो तरल पदार्थ भएपनि स्वाथ्यको दृष्टिकोणले लाभदायक हुँदैनन् । पानी खाना खानु आधा घण्टा पहिले र खाना खाएपछि आधा घण्टा पनि पिउँदा लाभदायक हुन्छ ।

बाहिरबाट घर पुग्नेबित्तिकै भन्दा पनि केहि आराम गरेर सामान्य पानी पिउनुपर्छ । यदी तपाईँमा मुटु र कब्जियतको समस्या छ भने एक चम्चा कागजीको रस मिलाएर पिउँदा स्वस्थ्यकर हुन्छ खाना खानेक्रममा सकेसम्म पानी पिउने नगर्नुस् । खानाको समयमा पानी पिएमा पचाउन मुस्किल हुन्छ ।

यस्तै बिहान उठ्नेबित्तिकै पानी पिउँदा निकै फाइदा हुन्छ । तपाईँलाई यो पनि जानकारी दिऔं कि पानीको पर्याप्त सेवनले आन्दा, ब्लड, स्तनजस्ता क्यान्सरका बिरामीलाई केहि राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।