0 COMMENTS

मिलन चाम्लिङ,०४बैशाख०७५/ नेपाल कम्युनिस्ट पार्टीले गरेकाे पूर्वी नेपाल  बन्दका कारण अाज बिहान केही समय  बजार ठप्प भए पनि दिउँसो सामन्य यातायात चलेका थिए । विहानी सेवामा चल्ने लामो तथा छोटाे दूरीका यातायात साथै विद्यालयहरु पनि ठप्प भएका थिए ।
नेकपाले नेता किरण राईसहित आठ नेताहरुलाई गिरफ्तार गरेकाे भन्दै  उनीहरूको रिहाईको माग गर्दै मंगलबार पूर्वी कमांड बन्द गरेको हो।

यसैकारण बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सवारीसधान साधनमाथि तोडफोड तथा आगजनी गरेका छन् काठमाडौंबाट काकडभित्ता जाँदैगरेको रात्रिबसलाई पूर्वपश्चिम राजमार्गको कानेपोखरी जंगलमा तोडफोड तथा आगो लगाइदिएका छन् यसैगरी सुन्दर हरैँचामा एक मिनीट्रक र एक टिप्पर माथि आगजनी भएको यसैगरी मोरङ बेलबारीमा दुईवटा ट्रकमा आगजनी भएको छ र उता मोरङ उर्लाबारीमा अन्य कार्यकर्ताले बाटोमा टायर बालेर बन्द गरेको थियो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलमा बम भेटेपछि बिहान सडक अवरुद्ध बनेको थियो घटनास्थल प्रहरीले नियन्त्रणमा लिएर बिहान नै  सेनाले बम डिस्पोजल गरेको ले मानवीय क्षति हुन पाएन।

ओली सरकारले शान्तिपूर्ण कार्यक्रम गर्नसमेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा विरोधमा उक्लिएको हो र क्रम   बद्धरुपमा आन्दोलनकाे घोषणा समेत गरेको छ । नेकपाकाे पूर्वघोषित कार्यक्रमअन्तर्गत नै पूर्वी नेपालको सगरमाथा, जनकपुर,मेची र कोशी अञ्चल बन्द गराएको हो बन्दको पूर्व सन्देश दिनको निम्ति सोमबार मसाल जुलुस निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।