0 COMMENTS

काठमाडौं ४चैत०७४/ आज नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गर्दैछ । उपराष्ट्रपति पदका लागि पुनको मात्र उम्मेदवारी परेको हुदाँ उनी निर्विरोध उपराष्ट्रपति भएका हुन् ।

शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो ।

निर्वाचन आयोगले पुनविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज गर्न लागिएको जानकारी दिएको छ ।

अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत भएका थिए । पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।