0 COMMENTS

 काठमाडौं २ चैत०७४/ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसंग छलफल गरी मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । नेकपा एमालेले ६ मन्त्री र एक राज्यमन्त्री रोजेको छ ।

यसअघी माओबादी केन्द्र बाट मन्त्रीहरुको नाम छान्ने र टुङ्ग्याउने भएसंगे एमालेका तर्फ बाट पनि एमाले सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्रमन्त्री बनाउने त्यस्तै सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रबिन्द्र अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।भौतिक पुर्वाधारमन्त्री मा रहने गरि रघुवीर महासेठ,कानुन मन्त्रीमा शेरबहादुर तामाङ र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बनाइने भएका छन् ।

त्यस्तै यसअघी वातावरण मन्त्रालयको जिम्मेवारी दियिएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।