0 COMMENTS

पछिल्लो समय जिमको निकै क्रेज छ । जिममा वर्कआउट गर्दा शरीरलाई मात्र फाइदा पुग्दैन, स्किनमा पनि ग्लोइङ आउँछ । राम्रोसँग वर्कआउट गर्दा स्किनमा रक्तसञ्चार बढ्छ । तर, वर्कआउट गर्नुपूर्व र पछि केही कुरामा भने ध्यान दिन जरुरी हुन्छ । स–साना कुरामा ख्याल नगर्दा स्किन नै बिग्रनेसमेत डर हुन्छ ।

० जिमको वर्कआउटपछि शरीरमा यति धेरै पसिना हुन्छ कि जसले शरीरमा ब्याक्टेरिया पैदा गर्छ । यस्तो समय अनुहारमा छुँदा इन्फेक्सन फैलन सक्छ । त्यसैले यस्तो समय अनुहार छुनबाट बच्नुपर्ने हुन्छ ।

० वर्कआउटपछि धेरै मानिस तौलियाले अनुहार पुछ्ने गल्ती गर्छन् । यस्तो गर्दा छालामा समस्या देखिन सक्छ । जसकारण स्किनमा इन्फेक्सन फैलन सक्छ । त्यसैले यस्तो समय तौलियाको साटो वाइप्स प्रयोग गरी अनुहार पुछ्नु फलदायी हुन्छ ।

० वर्कआउटपछि केही मानिसले चिसो पानीले नुहाउने गर्छन् । यस्तो समय चिसो पानीले नुहाउँदा स्किनको नेचुरल तेल हट्न जान्छ । जसले गर्दा स्किन कडा बन्न थाल्छ । त्यसैले वर्कआउटपछि जहिले पनि मनतातो पानीले नुहाउने बानी बसाल्नुपर्छ ।

० स्किनलाई हल्का तरिकाले पुछ्नु स्किन केयरको जरुरी नियम हो । शरीरमा पसिना आएको वेला तौलियाले कडा ढंगले रगड्दा छाला रातो हुनुका साथै बिग्रने समस्या हुन्छ ।

० कडा वर्कआउटपछि स्किनमा डिहाइड्रेट हुन्छ । स्किनलाई मेजर हाइड्रेसन दिनका लागि पानी पिउन जरुरी हुन्छ । यसका साथै अनुहारमा टोनरको प्रयोग गर्न पनि सकिन्छ ।

० स्किनमा टोनरको प्रयोगपछि अनुहारमा मोइस्चराइजर लगाउनुपर्छ । तर, मोइस्चराइजर लाइट हुन आवश्यक छ । यसो गर्दा वर्कआउटपछि र अघि स्किन मुलायम हुन्छ ।

० बिहान होस् वा बेलुकी, वर्कआउटमा निस्कने वेला कहिल्यै पनि मेकअप गर्नु हुँदैन । वर्कआउटको एक घन्टासम्म मेकअप नगर्दा राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।