0 COMMENTS

इटहरी, २० माघ ०७४/ निःसहाय बालबालिका सेवा आश्रम इटहरीले आश्रमका बालबालिकाको सुन्दर भविष्यका लागि सहयोग जुटाउने उद्देश्यले यही माघ २९ देखि फागुन ६ गतेसम्म बैद्धिक सनातन दर्शन एवं श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

आश्रमले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त धार्मिक कार्यक्रमका विषयमा जानकारी गराउँदै बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि आर्थिक सहयोग जुटाउन उक्त धार्मिक कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

सोही आश्रममा लामो समयदेखि बालबालिकाको स्वास्थ्य हेर्दै आउनुभएका चिकित्सक चुन्नु अधिकारी र आश्रम सञ्चालक गीता गौतमको स्व पिताको स्मृतिलाई समेत मध्यनजर गर्दै उक्त धार्मिक कार्यक्रम गर्न लागिएको पण्डित श्रीकृष्ण मनुर्भवले जानकारी गराउनुभयो ।
हाल आश्रममा ३४ जना बालबालिकाले आवासीय सेवासँगै शिक्षादीक्षासमेत प्राप्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।