0 COMMENTS

मलेखु, धादिङ, ८ माघ०७४/ बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय बहुमुखी क्याम्पस सहयोगार्थ सञ्चालित महायज्ञमा एक दाताले नगदसँगै क्याम्पसका लागि आज गाडी नै दान गर्नुभएको छ ।

स्थानीय विशालटारमा सञ्चालित क्याम्पस सञ्चालनका लागि भएको महायज्ञमा क्याबसन इन्ड्रस्ट्रिजद्वारा सञ्चालित श्रीमाया ग्यास उद्योगका प्रोपाइटर जय गौतमले रु १४ लाखको बस र रु १८ लाख दान गर्नुभएको आयोजक राममणि थपलियाले जानकारी दिनुभयो । क्याम्पस सञ्चालनका लागि महायज्ञमा हालसम्म रु तीन करोड बराबरको सहयोग सङ्कलन भएको बताइएको छ । यही माघ १ गतेदेखि शुरु भएको महायज्ञ माघ ९ गते समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।