0 COMMENTS

काठमाडौं०८ माघ २०७४/ मिर्गाैला फेल, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदिएकाे छ ।

सरकारले बिरामीलार्इ मासिक ५ हजार भत्ता दिने निर्णय गरेकाे थियाे । तर, अर्थ मन्त्रालयले भत्ता वितरणका लागि स्पष्ट मापदण्ड नभएकाे भन्दै भत्ता राेकेकाे हाे । स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि नै बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको थियो । अर्थले कुनै पनि कार्यविधि नभएको र हचुवाको भरमा रकम दिन नमिल्ने भनेपछि भत्ता वितरण अन्यौलमा परेको छ । पुष १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गर्ने निर्णय भएको थियो । तर, अर्थले हचुवाको भरमा रकम नदिने भनेपछि स्वास्थ्य मन्त्रालय बल्ल कार्यविधि बनाउन व्यस्त भएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा यस्ता बिरामीको संख्या लगभग २ लाख जति रहेको जनाएको छ । दुई लाखलाई मासिक ५ हजारको दरले भत्ता दिँदा अर्थतन्त्रले धान्न नसक्ने र भत्ता के कस्तो आधारमा दिने भन्ने कार्यविधि तथा मापदण्ड समेत नभएको भन्दै अर्थले स्वास्थ्यको फाइल फर्काइदिएको छ । अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।