0 COMMENTS

मिलन चाम्लीङ,धरान ४माघ०७४/  प्रदेश नं १ को राजधानी माग गर्दै ३३दिन देखि निरन्तर आन्दोलन गर्दै आएपनी सरकारले बिराटनगरलाई प्रदेश नं १को राजधानी तोके पछी धनकुटा तनावग्रस्त बन्दै गएको छ। ३३दिन देखि जारी आन्दोलन हिंसात्मक बन्दै गएपछी आज धनकुटामा अनिश्चित कालिन कर्फ्यु जारी गरिएको छ।
आन्दोलनकारीहरुले धनकुटाका विभिन्न सरकारी कार्यलय,यातायातको साधनहरुमा तोडफोड र आगजनी गरे पछी स्थानीय प्रसासनले उक्त कर्फ्यु जाहेर गरेको हो।बिहिवार बिहान आन्दोलनकारी र प्रहरी बीच धरपकड हुदा  धनकुटा बजारको विभिन्न ठाउँमा झडप भएको थियो ।

मदन चोक,बीचबजार,भिम नारायण चोक तथा विभिन्न स्थानमा भएको झडप नियन्त्रणमा लिनको लागि आध दर्जन अश्रु ग्यास प्रयोग गरेको थिए।आक्रोशित आन्दोलनकारीहरुले क्षेत्रीय प्रसासन कार्यलयमा आगजनी गरेर  कोठाको कम्प्युटर र फर्निचर जलाइदिएका छन।सहरी बिकास कार्यलयको को १ ख१०६४ नम्बरको मोटरसाइकल जलाइदिएका छनभने आगो निभाउन गएको धनकुटा नगरपालिकाको बारुण यन्त्र (दमकल)तोडफोड गरिएको छ।

त्यस्तै मोरङबाट भोजपुर बिरामी लिन गएको को २च ४३२नम्बरको एम्बुलेन्समा पनि तोडफोड गरिएको छ।आन्दोलनकारिहरुले क्षेत्रीय प्रसान,हुलाक,सहरी बिकास,उच्च अदालत बिराटनगर धनकुटा इजलास,मालपोत लगायत विभिन्न कार्यलय समेत तोडफोड गरेका छन।
झडपमा परि नेपाली कांग्रेस धनकुटा जिल्ला कोषध्यक्ष दिनेश राई सहित ७जना घाइते भएको छन।कोषध्यक्ष दिनेश राईको टाउकोमा चोट लागि गम्भीर घाइते भएको र अन्यको अवस्था सामन्य रहेको आन्दोलन समिति संयोजक सुन्दरबाबू श्रेष्ठले जानकारी दिनु भएको छ।
जिल्लाको अवस्था थप गम्भीर हुन नदिन कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद उप्रेतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।