0 COMMENTS

काठमाण्डाै२माघ०७४/सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रदेश प्रमुख र कार्यालय सञ्चालनका लागि अस्थायी कार्यालय तोक्न आवश्यक तयारी पूरा भएको बताए । ‘प्रदेश प्रमुख र प्रदेश कार्य सञ्चालनका लागि अस्थायी कार्यालय घोषणाको आवश्यक तयारी पूरा भएको छ,’ देउवाले नयाँ पत्रिकासँग भने, ‘सम्भवतः भोलि (मंगलबार) बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी कार्यालय तोक्छ ।’खबर आजको नया पत्रिका दैनिकले लेखेको छ ।

मन्त्रिपरिषद्को बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रीहरूलाई खबर गरिएको थियो । तर, एमाले र माओवादी केन्द्रसँग थप परामर्श गरेर प्रमुख र शपथ खाने कार्यालय तोक्ने भएपछि अपराह्न साढे ४ बजे बालुवाटारमा बैठक बस्ने भएको छ ।

कटवाल र कोइरालाका लागि लबिङ

पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् । पौडेल पक्षका केही नेताले भने त्यसमा विरोध जनाएका छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अनुराधा कोइरालाका लागि लबिङ गरिरहेका छन् । उनको नाममा संस्थापन देउवा पक्षका नेताहरू असहमत रहेको कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।