0 COMMENTS

बेँसीशहर, लमजुङ, १ माघ ०७४/ पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ ।

लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो– “फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ ।

नेकपा (एमाले) वरिष्ठ नेतासमेत रहनुभएका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताउनुभयो ।

“हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ”– उहाँले भन्नुभयो, “संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्छ ।”

नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताउनुभयो ।

हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ”– उहाँले भन्नुभयो, “अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ ।”

नेता खनालले संविधानले सबै जातिको मौलिक अधिकार सुनिश्चित गरेको पनि बताउनुभयो ।

लिःल घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा मुलुकभरीबाट घले समुदायको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।