0 COMMENTS

दाङ , पुस २९ /उदयपुरको चाैदण्डीगढी नगरपालिका २ कि राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत दाङमा उत्कृष्ट युवाको रुपमा सम्मानित गरिएको छ । बस्नेतले १३ वर्षकै उमेरमै खेलक्षेत्रमा प्रवेश गरेर १४ वर्षको उमेरमै नेपाललाई स्वर्ण कास्य रजत पदक दिलाएर नेपालीको शिर उच्च पारेको भन्दै उत्कृष्ट युवाको रुपमा सम्मानित गरिएको हिन्दुजागरण नेपाल राष्ट्रिय समितिले जनाएको हो ।

उनलाई दाङमा भएको राष्ट्रिय महाधिवेशन छनाेट समितिले खेलकुदमा मात्रै नभएर समाजिक पत्रकारिता समेतमा उल्लेखनीय याेगदान पुर्‍याउँदै अाएकाे राष्ट्रिय अध्यक्ष रामकृष्ण उपाध्यले जानकारी दिनुभएको हो । राष्ट्रिय खेलाडी बस्नेतलाई केही समय अगाडि मात्रै देशभर बाट छनाेट गरि नेपाल जेसिजले देशभरकै उत्कृष्ट राष्ट्रिय युवा पुरुस्कार पुर्व प्रधानमन्त्री पुस्पकमल दाहालले सम्मानित गर्नुभएको थियो । हिन्दुजारण नेपालकाे २५ गतेबाट सुरुभएकाे राष्ट्रिय महाधिवेशनमा दशहजार भन्दा बढीको र्यालि सहित नगर परिक्रमा गरिएको थियोे भने राष्ट्रिय महाधिवेशन २९ गते उद्योग बाणिज्य संघको हलमा सम्पन्न भएको थियो । नेपालमा देशभरिका हजारौं प्रतिनिधि पर्यवेक्षक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।