0 COMMENTS

काठमाडौं २७पुस०७४/ महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको उजुरीका आधारमा बुद्धनगरमा बस्ने मेजर प्रभवविक्रम शाह पक्राउ परेका हुन् । पक्राउलगत्तै वृत्तले सेनाको मुख्यालयमा यसबारे जानकारी गराएको थियो ।

बालबालिकाका क्षेत्रमा कार्यरत एक संस्थाले दिएको गोप्य सूचनाका आधारमा मेजरलाई पक्राउ गरिएको हो । बानेश्वर वृत्तका डीएसपी रवि पौडेलले पक्राउ गरिएलगत्तै मेजरलाई नेपाली सेनालाई बुझाइएको बताए ।

स्रोतका अनुसार मेजरले घरमा कार्यरत १४ वर्षीया बालिकासँग अप्राकृतिक सम्बन्ध राख्ने प्रयास गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले मेजर शाहलाई सैनिक प्रहरी गणमा हिरासतमा राखिएको बताए । ‘प्रहरीले अनुसन्धान नसकुन्जेल उनी सेनाकै निगरानीमा रहन्छन्,’ उनले भने ।अाजकाे कान्तिपूरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।