0 COMMENTS

एजेन्सी । नेपाल, भारत लगाएतका बिकासोन्मुख देशहरुमा महिला हिंसा तथा बलात्कारका घटना सामान्यनै भईसकेको छ । यसै क्रममा बलात्कारबाट बच्न भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ ।

१९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन ।

साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ । स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’

उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।

पुलिसका अलावा परिजमरका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ?

सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’

यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ । आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।