0 COMMENTS

काठमाडौं१३पुस०७४/  मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ । आजको नगरिक दैनिकमा खबर छ ।
अर्कोतिर यही महिना उद्योगी व्यवसायीले सरकारलाई ६० देखी ७० अर्ब रुपैयाँ अग्रिम कर तिर्दैछन् । केही कम्पनीहरु चाँडै सेयर निष्कासनको तयारीमा छन् ।

ठूलो ऋण माग्न आउनेलाई अहिलेलाई ‘सरी’ भन्ने स्थिति आएको छ । सरकारी ढुकुटीमा रहेको साढे तीन खर्ब रुपैयाँ खर्च नगरेका कारण यस्तो अवस्था आएको हो ।बैंकरहरुका अनुसार बुधबार ठूलो रकम कर्जा लिन आएका उद्योगी व्यवसायीलाई दिन सकेन । बैंकहरूले एक करोड रुपैयाँभन्दा बढी ऋण लिन आउनेलाई रकम नभएको भन्दै रित्तो हात फर्काएका छन् ।

ऋणको माग बढेको तर निक्षेप संकलन सोही अनुपातमा हुन नसकेपछि ऋण दिन नसक्ने अवस्थामा बैंक पुगेका हुन् । ‘ठूलो ऋण माग्न आउनेलाई अहिलेलाई ‘सरी’ भन्ने स्थिति आएको छ,’ एक बैंकरले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै नागरिकसँग भने, ‘सरकारी ढुकुटीमा रहेको साढे तीन खर्ब रुपैयाँ खर्च नगरेका कारण यस्तो अवस्था आएको हो ।’ सरकारले अहिलेसम्म पुँजीगत, चालू र वित्तीय व्यवस्थापन गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको २६ प्रतिशतमात्र हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।