0 COMMENTS

 प्रतिनिधि सभा र प्रदेश सभाकाे पहिलो चरणकाे निर्वाचन मंसिर १० गते सम्पन्न भयाे । सरकारले सुरक्षा ब्याबस्था कडा पारेपछि सामान्य घटना बाहेक त्यस्तो अप्रिय घटना घटेन स्थानीय निकायकाे निर्वाचनमा भन्दा यसपटक पनि अाम नागरिकहरुले सुसासन , सम्बृद्धि र बिकासकाे झिनाे अासा राखेर अाफुलाई मनपरेकाे उमेदवार लाई मतदान गरे ।

कतिले बुझेर मतदान गरे कतिले चुनावमा भाेट हाल्नुपर्छ भन्ने हिसाबले भाेट हाले कतिले भने चुनाव अाफ्नाे स्वबिबेककाे मत लाई एकखिल्लि चुराेट , एककप चिया , एक गिलास रक्सि , एकछाक मासुभात , एकदिनकाे खाजा , २, ४, पैसामा लिलाम गरे अाफ्नाे बहुमुल्य मतलाई सानातिना लाेभमा परेर लिलाम गर्दा त्यसको परिणाम मुलुकमा कस्तो पर्ला ? यदि जित्नैपर्ने ले हार्याे र हार्नु पर्नेले जित्यो भने त्यसकाे असर कस्तो हाेला ? हामी सधैं नेताहरू लाई गालि गर्छाैं देश बिग्रियाे भनेर हामिले बिक्री गरेकाे भाेटले देश बन्छ त ?

देश बिग्रनुमा जति नेताहरू जिम्मेवार छन् त्याे भन्दा बढि हामी नागरिक जिम्मेवार छाै । हामिले कहिल्यै स्वबिबेककाे मतदान गर्न सकेनौं चुनाव नअाउदा सम्म नेताहरूलाई गालि गर्ने र निर्वाचनमा तिनै भ्रष्ट , गैरजिम्मेवार नेताहरू लाई जिताउछाै अनि खाेज्छाै सम्बृद्ध नेपाल कसरी सम्भब छ ? ईमानदार , देशभक्त , जनप्रेमि , नैतिकवान , निस्कलंक , बाैद्धिक , बिकास प्रेमि उमेदवारलाई जिताउनु पर्ने मा गलत मान्छेले पैसा खर्च गरेर राजनीतिमा कब्जा जमायपछि कसरी देश बिकास हुन्छ ? अाफ्नाे अमुल्य मत बिक्री गर्नुकाे कारण गरिबी र अशिक्षा पनि हाे जसकाे चेतनाकाे स्तर कम छ उसले सहि र गलतकाे विश्लेषण गर्न सक्दैन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।