0 COMMENTS

महिलाले पुरुषसँग सहवास किन गर्छन् ? यो प्रश्नका विभिन्न जवाफहरु हुन सक्छन् । आफ्नो वैवाहिक जिवनलाई शान्त पार्न वा टिकाउन, आनन्दकालागि यस्तै जवाफ आउन सक्छ यो प्रश्नमा । तर एउटा अध्ययनका आधारमा भन्ने हो भने महिलाहरुका लागि सहवासको कारणमा रोमान्स तथा आनन्द र इच्छा होईन । यो सुनेर धेरैलाई आश्चर्य लाग्न सक्छ । तर महिलाहरुमा भएको अध्ययनका आधारमा तयार भएको एक पुस्तकका अनुसार यी उल्लेखित कारणहरु धेरै टाढा छन् ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक सिन्डी मेस्टन र डेभिड बोसले लेखेको पुस्तक ‘ह्वाइ वुमन ह्याभ सेक्स’ मा झण्डै २ सय कारणहरु हाईलाईट गरेर लेखिएका छन् । यो किताब लेख्ने क्रममा शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा एक महिलाले आफ्नो श्रीमानले विर्य बाहिर निकाल्न पाओस भनेर आफुले सेक्स गर्ने गरेको बताएकी थिईन् ।

पुस्तकका अनुसार धेरै पुरुषहरुलाई महिलाहरु कामुक लाग्ने देखाईएको छ । तर महिलाहरुले भने पुरुषमा यस्तो कुनै कामुकता देख्दैनन् । अनुसन्धानका क्रममा १ हजार जना महिलाको अन्तरवार्ता समेत लिइएको थियो, जसमा महिलाहरुले आफ्नो पुरुष यौनसाथीसँग बिस्तरा एकै बनाउनुका विभिन्न कारणहरु बताएका थिए । सर्वेक्षणमा सहभागी मध्ये ६० प्रतिशत महिलाले आफुले आफ्नो ब्वाईफ्रेण्ड नबनेको तर सामान्य चिनजानमै पनि यौनसम्बन्ध स्थापित गरेको बताएका थिए ।

एकजना महिलाका अनुसार उनले आफुमा आध्यात्मिक भावनाको विकास गर्नका लागि लोग्नेसँग सहवास गर्ने गरेको बताएकी थिईन् । सेक्सले इश्वरलाई निकै नजिकबाट महसूस गराउने दाबी उनको छ । कुनै महिलाले त आफुलाई पुरुषप्रति दया जागेर सहवास गरेको समेत बताएका थिए ।पुस्तकका अनुसार कतिपय महिलाले आफ्नो स्वार्थ पुरा गर्नकालागि सहवास गर्ने गरेका छन् । अनुसन्धानका क्रममा बहुमूल्य गहना वा पैसाकालागि सहवास गर्ने गरेका महिलाले समेत सोको खुलासा गरेका थिए । एक महिलाले टाउको दुख्ने समस्या अर्थात माइग्रेनबाट मुक्ति पाउनका लागि सेक्स गर्ने गरेको बताएकी थिईन् । केही महिलाले आफ्नो वैवाहिक जिवन तथा घर संसारलाई टिकाउन र शान्ति कायम राख्नका लागि नै सम्भोग गर्ने गरेको बताएका थिए ।

अचम्म त के भने सोधखोजमा सम्लग्न १० जना महिलाले पुरुषबाट उपहार लिएको, डिनरमा खर्च गरेको वा सपिङ गरिदिएका कारण खुशी भएर त्यसको पैँचो तिर्न सहवास गरेको बताए । कतिपयले भने यौन क्षमताको विकास र सहवास गर्न सिक्नकै लागि पनि यौनको खेलमा सहभागी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।